शिक्षक महासंघको प्रश्न- सरकार शिक्षकका पीडा किन सुन्दैन?

हिमाल प्रेस ७ भदौ २०८३ ११:४९ | Sunday, August 23, 2026
शिक्षक महासंघको प्रश्न- सरकार शिक्षकका पीडा किन सुन्दैन?

काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारसमक्ष शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे प्रश्न उठाउँदै तत्काल समाधान खोज्न आग्रह गरेको छ।

शुक्रबार मन्त्रालयमा दर्ता गरिएको ध्यानाकर्षण पत्रमा शिक्षकका सेवासुविधा, अस्थायी व्यवस्थापन, स्थानीय भत्ता, स्वास्थ्य सुविधा र पेसागत सम्मानका विषयमा सरकार संवेदनशील नभएको उल्लेख गरिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘शिक्षकका जायज मागप्रति सरकारले संवेदनशील बन्नैपर्छ।’

महासंघले ५४ बुँदे मागपत्र कार्यान्वयनका लागि २१ दिनको समयसीमा तोकेको छ र त्यसपछि आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनी दिएको छ।

प्रकाशित: ७ भदौ २०८३ ११:४९ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast