छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा

हिमाल प्रेस ६ भदौ २०८३ १९:५२ | Saturday, August 22, 2026
छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा फाइल तस्बिर

काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन्।

शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताए।

अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा बागलुङ इजलासमा पुगेका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए।

प्रधानन्यायाधीश शर्माले ७९ करोड रुपैयाँको लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजालस भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरेका थिए।

उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेताना फैलाउन अधिवक्ताहरूको मुख्य भूमिका रहेको बताए। उनले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने बताए।

शर्माले देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणीलगायतका मुद्दा बढ्नु राम्रो नभएको बताए।

अदालतलाई प्रविधिमैत्री बनाउँदामात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उनले सबै अदालतलाई प्रविधिमैत्री बनाइरहेको जानकारी दिए। जिल्ला अदालत नै पहिलो न्यायको ढोका रहेकाले सकभर जिल्ला अदालतबाटै न्याय दिने प्रणालीको विकास गर्न थालिएको उनले स्पष्ट पारे।

प्रकाशित: ६ भदौ २०८३ १९:५२ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast