८ वर्षपछि नेपाली फिल्ममा निरुता सिंहको पुनरागमन, ‘सारथी’मा देखिने

हिमाल प्रेस ६ भदौ २०८३ १०:३५ | Saturday, August 22, 2026
८ वर्षपछि नेपाली फिल्ममा निरुता सिंहको पुनरागमन, ‘सारथी’मा देखिने

काठमाडौँ- अभिनेत्री निरुता सिंह ८ वर्षपछि अभिनयमा फर्किएकी छन्। लामो समय नेपालको फिल्मी क्षेत्रमा अभिनय गरेको निरुता केही समयदेखि आफ्नै देश भारत फर्किएकी थिइन्। उनी त्यसबेला फिल्ममा कम देखिइन्। तर अब  ‘सारथी’ फिल्मबाट पर्दा देखिने भएकी छन्। ”सारथी’ मेरो लागि केवल चलचित्रमा फर्किएको एउटा अवसर होइन, आफूलाई फेरि एउटा फरक पात्रमार्फत चिनाउने यात्रा हो। मैले यसअघि निर्वाह गरेका भूमिकाभन्दा बिल्कुलै फरक चरित्रलाई पर्दामा उतार्ने चुनौतीले मलाई निकै आकर्षित गर्यो। यो पात्रलाई अभिनय गर्नु मेरो लागि सहज थिएन, तर यही असहजताभित्र मैले कलाकारका रूपमा आफूलाई फेरि खोज्ने अवसर पाएँ।’ उनले भनेकी छन्, ‘सारथी-मेरो लागि पुनरागमनभन्दा धेरै, एउटा नयाँ यात्रा हो।’

उनको फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ।  निर्माण पक्षले नायिका निरुताको चरित्र लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा उनको काखमा दूधे बालक रहेको छ भने उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको देखिन्छ । किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन्।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको फिल्ममा उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ।

प्रकाशित: ६ भदौ २०८३ १०:३५ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast