‘सारथी’को शुभमुहूर्त, मुख्य भूमिकामा उत्तम र निरुता

हिमाल प्रेस ७ वैशाख २०८३ १६:१६ | Monday, April 20, 2026
26
SHARES
‘सारथी’को शुभमुहूर्त, मुख्य भूमिकामा उत्तम र निरुता

काठमाडौँ- कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुने सिनेमा ‘सारथी’को शुभमुहूर्त गरिएको छ। सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो।

वैशाख ९ बाट हुने सिनेमाको छायाँकन ४० दिनमा सकिने निर्देशक गजुरेलले बताए। यो सिनेमाबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन्। करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन्।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्यमा निर्माण हुन लागेको सिनेमाबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ। अभिनेत्री सिंह सिनेमाको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन्। उत्तम भने वैशाख १५ गते नेपाल आएर सीधै छायाँकनमा जोडिने तयारीमा छन्।

यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ उपस्थित थिए। अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागिता रह्यो।

सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ। सौर्यल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन्।

प्रकाशित: ७ वैशाख २०८३ १६:१६ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast