हुम्लामा गएको तीन महिनामा घरेलु हिंसाका ३० घटना

हिमाल प्रेस १० कार्तिक २०८३ २०:१६ | Tuesday, October 27, 2026
हुम्लामा गएको तीन महिनामा घरेलु हिंसाका ३० घटना

हुम्ला- हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आपराधिक घटनाको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष ०८३/०८४ को पहिलो तीन महिनामा जिल्लाभर अपराधिक घटनाहरु वृद्धि भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक शंकर खड्काले आपराधिक घटनाहरु साउन महिनामा १५ वटा, भदौमा १६ र असोजमा १८ वटा गरी हालसम्म जम्मा ४९ वटा घटना घटेको जानकारी दिए । जसमध्ये घरेलु हिंङ्सा ३० वटा रहेका छन् भने सामाजिक हिङ्सा १९ वटा रहेका छन् । त्यसमा आपराधिक प्रकृतिका डाँका तथा चोरी, करणी, अभद्र व्यवहार, ज्यान, विद्युतीय ठगी, अपहरण तथा शरीर बन्धक पानीमा डुबी मृत अवस्थामा फेला परेका लगायतका रहेका छन् ।

यी घटनाहरुलाई मेलमिलाप गराउने कार्यमा प्रहरी समेत लागेको छ । यसरी अपराधिक घटना वृद्धि हुनुमा पछिल्लो सयम युवायुवतीमा नैराश्यता आउनु तथा सामाजिक सञ्जाल पनि एक कारक भएको प्रहरीको बुझाइ छ ।

प्रकाशित: १० कार्तिक २०८३ २०:१६ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast