सभापतिको नेमप्लेट अनाधिकृत रूपमा प्रयोग भयो : कांग्रेस संस्थापन

हिमाल प्रेस ५ भदौ २०८३ १४:५३ | Friday, August 21, 2026
सभापतिको नेमप्लेट अनाधिकृत रूपमा प्रयोग भयो : कांग्रेस संस्थापन कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउँदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले संस्थापनइतर समूहको कार्यालयमा राखिएको सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग गरेको बताए।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आँच आउने गरी गलत आरोप र शब्दहरू प्रयोग गरिएकोमा समेत अनुशासन समितिले रेकर्ड संकलन गरिरहेको उनले जानकारी दिए।

संयोजक गुरुङले निर्वाचनका क्रममा भएका अनुशासनहीन गतिविधिहरूका सम्बन्धमा समितिमा हालसम्म प्राप्त ७५४ वटा निवेदन अनुसन्धानको क्रम जारी रहेको बताए। महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअगावै यसबारे उचित निर्णय गरिने उनको भनाइ छ।

उनले असोज १६ देखि १९ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अगाडि बढाइएको जानकारी समेत दिए।

प्रकाशित: ५ भदौ २०८३ १४:५३ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast