प्रतीकात्मक तस्बिर।
हेटौँडा- हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ।
उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो।
गत मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको ज्यान गएको छ।
एक बालिका भने बाढीले किनारतर्फ बगाउँदा बच्न सफल भएकी छन्।
प्रकाशित: ५ भदौ २०८३ १०:५५ | Friday, August 21, 2026
प्रतिक्रिया


