रोकिएका विकास आयोजना अघि बढाउने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

हिमाल प्रेस ५ भदौ २०८३ ६:२१ | Friday, August 21, 2026
रोकिएका विकास आयोजना अघि बढाउने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

हेटौँडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा रोकिएका र कार्यान्वयनमा समस्या देखिएका विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग उनले पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई नागरिकको आवश्यकताअनुसार गति दिइने बताए। ‘अड्किएका र रोकिएका कामलाई अगाडि बढाउँछु,’ उनले भने।

थापा मगरले मन्त्रालयको संरचना, कर्मचारी दरबन्दी र प्रदेश सचिवको व्यवस्थापन पनि छिट्टै टुंग्याइने बताए।

१४ मन्त्रालयलाई घटाएर आठ बनाइएपछि बाँकी व्यवस्थापनको काम पूरा गरी प्रत्येक मन्त्रालयलाई एउटै स्थानबाट सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।

प्रकाशित: ५ भदौ २०८३ ६:२१ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast