कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बस्ने गरी अनुशासन समितिको बैठक बोलाइएको हो।
समितिका सचिव दिनेश थापा मगरले बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिए।
त्यस्तै आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५ औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुल’ बैठक हुने उनले बताए।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाबोमिजम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँग शनिबार भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।
प्रकाशित: ४ भदौ २०८३ १९:१५ | Thursday, August 20, 2026
प्रतिक्रिया


