फाइल तस्बिर
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गरेका हुन्।
यसैबीच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा होर्मुज पुर्ण रुपमा खुला र निर्वाद रुपमा सञ्चालनमा रहेको पनि बताएका छन्।
ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन्।
यद्यपि, उनले वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको संकेत गरेका छन्।
होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनेलगायत समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्याएको छ।
यसैबीच कुशनरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई वर्णन गरेका छन्।-रासस/क्युएनए


