सरकार पुनर्गठन नगरे ‘जनसुनामी’ आउने एमाले नेता बादलको चेतावनी

हिमाल प्रेस ३ भदौ २०८३ १६:४९ | Wednesday, August 19, 2026
20
SHARES
सरकार पुनर्गठन नगरे ‘जनसुनामी’ आउने एमाले नेता बादलको चेतावनी

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले लामिछानेलाई तत्काल सरकार पुनर्गठनका लागि पहल गर्न सुझाव दिएका हुन्।

‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ थापाले भने।

सरकार पुनर्गठन नगरे आन्दोलनको अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

‘अन्तिम विकल्प बाँकी छ अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल र २०६२ सालको भन्दा विशाल, अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ,’ उनले भने।

प्रकाशित: ३ भदौ २०८३ १६:४९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast