सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

हिमाल प्रेस ३ भदौ २०८३ १५:३४ | Wednesday, August 19, 2026
12
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि भएको मत विभाजनमा उनको पक्षमा ३१ मत परेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

विश्वासको मतको विपक्षमा १५ मत परेको छ। मत विभाजनमा प्रदेश सभाका ४६ सदस्य सहभागी भएका थिए। गत २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ सांसद छन्। यसमा सभामुख र निलम्बित सदस्यसमेत समावेश छन्।

नेकपा एमालेका ११, नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सांसद छन्। प्रदेश सभाका २ पद भने रिक्त छन्।

प्रकाशित: ३ भदौ २०८३ १५:३४ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast