सहज रूपमा ग्यासको व्यवस्था मिलाउन राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २७ साउन २०८३ १६:०४ | Wednesday, August 12, 2026
12
SHARES
सहज रूपमा ग्यासको व्यवस्था मिलाउन राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण फाइल तस्बिर

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘आज सभाको शून्य तथा विशेष समयमा माननीयहरूले पनि ग्यास आपूर्तिमा असहजता तथा महँगीका कारण भएको समस्याका विषयमा आवाज उठाउनुभयो,’ उनले भने, ‘तसर्थ सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २७ साउन २०८३ १६:०४ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast