रौतहटमा नुहाउने क्रममा बेपत्ता बनेका ३ मध्ये २ बालबालिकाको शव फेला

हिमाल प्रेस २७ साउन २०८३ १२:१९ | Wednesday, August 12, 2026
10
SHARES
रौतहटमा नुहाउने क्रममा बेपत्ता बनेका ३ मध्ये २ बालबालिकाको शव फेला

काठमाडौँ- रौतहटमा नुहाउने क्रममा बेपत्ता बनेका ३ मध्ये २ बालबालिकाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउने र पौडी खेल्ने क्रममा डुबेका दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालक अझै बेपत्ता छन्।

हिजो (मंगलबार) लालबकैया खोलामा नुहाउने क्रममा देवाही गोनाही नगरपालिका –०१ करुनिया बस्ने करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए। जसमध्ये महमद रमतुलाह र सबनम खातुन मृतास्थामा फेला परेका थिए।

प्रहरीका अनुसार महमद घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका २ जिंगडवास्थित लालबकैया खोला किनारमा मृत अवस्थामा फेला परेका थिए भने सबनम खातुन घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन्। दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेको हो ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोलीले खोजी तथा उद्धारमा परिचालन भएको थियो ।

बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको छ ।

प्रकाशित: २७ साउन २०८३ १२:१९ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast