सरकारले बन्द उद्योग खोल्दै गर्दा सञ्चालन नीति पनि ल्याउनुपर्छ : उज्यालो नेपाल पार्टी

हिमाल प्रेस २७ साउन २०८३ ९:३३ | Wednesday, August 12, 2026
8
SHARES
सरकारले बन्द उद्योग खोल्दै गर्दा सञ्चालन नीति पनि ल्याउनुपर्छ : उज्यालो नेपाल पार्टी

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बन्द उद्योग खोल्दै गर्दा चल्दै गरेका हेटोँडा र उदयपुर सिमेन्ट बन्द हुनुको कारण पनि पत्ता लगाउनुपर्ने बताएका छन्।

उनले नीजि लगानीकर्ताले खानी किनेर अर्बौँ लगानी गरेर स्थापना गरेको सिमेन्ट उद्योग नाफामा चल्छ तर सबभन्दा राम्रो चुन ढुंगा खानी भएको र विदेशीले लगानी गरेर ठूलो संरचना बनाई दिएको उद्योग घाटामा गएर किन वन्द हुन्छ भन्ने कुराबारे पत्ता लाउन अनुरोध गरेका छन्।

‘आजभन्दा ५ वर्ष अगाडि ह्वासी सिमेन्टले प्रसारण लाइन नभएको बेलामा डिजल जेनेरेटर चलाएर उद्योग चलाउदा पनि नेपाली जनतालाई अरू भन्दा केही सस्तोमा सिमेन्ट दिन्थे। विद्युत् पुगेपछि विद्युतले चल्न थाले। सरकारी संस्था संधै घाटामा चल्छ भन्ने कुरा नेपाल विद्युत् प्राधिकरणले गलत सावित गरिसकेको छ।’ उनले भनेका छन्,‘ नेतृत्व र व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ।’

उनले सरकारले वन्द उद्योगलाई खोल्ने मात्र होईन यसलाई दीर्घकालीन रूपले सन्चालनमा ल्याउने र चलेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजानेतर्फ सोच्न जरूरी छ । यस तर्फ गम्भीर ध्यान जाओस् ।’

प्रकाशित: २७ साउन २०८३ ९:३३ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast