सदनमा आज पनि विपक्षीको विरोध, प्रधानमन्त्रीप्रति कांग्रेसको कटाक्ष

हिमाल प्रेस २६ साउन २०८३ १३:४१ | Tuesday, August 11, 2026
12
SHARES
सदनमा आज पनि विपक्षीको विरोध, प्रधानमन्त्रीप्रति कांग्रेसको कटाक्ष

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरूले उठेर विरोध गर्दै आइरहेका छन् । तर, न प्रधानमन्त्री शाहले त्यसबारे प्रष्टीकरण दिएका छन् न त त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसले कांग्रेस सांसद भरतबहादुर श्वारले सीमा विवाददेखि प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद श्वारले भारतले नेपालको भूमि मिचेको विषयमा सरकार मौन रहेको भन्दै आलोचना गरे। लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग भारतले मिचिरहेको अवस्थामा प्रधानमन्त्रीले ठोस कदम चाल्न नसकेको उनको आरोप थियो। ‘आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० को नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो?’ उनले प्रश्न थियो ।

विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र मालपोतका काममा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे उनले सरकारलाई सचेत गराए । ‘मालपोतको सानो जग्गा फुकुवा गर्न ६ महिना लाग्दा समेत काम हुँदैन, यसको भुक्तभोगी म आफैँ हुँ,’ उनले भने । अनलाइन सेवाको कुरा गरे पनि व्यवहारमा जनताले दुःख मात्रै पाएको उहाँको टिप्पणी थियो।

सांसद श्वारले आफूले सुदूरपश्चिम र अछामका विकास निर्माणका समस्या राख्न चैत २१ गतेदेखि प्रधानमन्त्रीसँग समय मागे पनि भेट नपाएको गुनासो गरे । उनले भने, ‘तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू रु यो समग्र सुदूरपश्चिम र अछामका जनतामाथि गरिएको अपमान हो।’ उनले प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनतालाई देखावटी माया नगर्न समेत आग्रह गरे ।

भ्रष्टाचारका मुद्दाहरूमा सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै उनले सबैका सम्पत्ति र फाइलहरू खोलिनुपर्ने माग गरे ।

प्रकाशित: २६ साउन २०८३ १३:४१ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast