स्रोत नखुलेको ५२ लाख ५० हजार रकमसहित वीरगन्जबाट ४ पक्राउ

हिमाल प्रेस २६ साउन २०८३ ६:४६ | Tuesday, August 11, 2026
12
SHARES
स्रोत नखुलेको ५२ लाख ५० हजार रकमसहित वीरगन्जबाट ४ पक्राउ

काठमाडौँ- प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ आरोपीहरू वीरगन्ज–१० स्थित आदर्शनगरबाट पक्राउ परेका हुन् । दुईवटा मोटरसाइकलमा सवार आरोपीहरूलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको पर्साका एसपी पवन भट्टराईले बताए ।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ घर भएका ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठी घर भएका २५ वर्षीय राहुलकुमार गुप्ता छन् ।

प्रहरीले सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहको तर्फबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजारका नोट छन् । आरोपीहरूमाथि पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीहरू प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना. ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए ।

प्रकाशित: २६ साउन २०८३ ६:४६ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast