वीरगन्जका मेयर सिंहलाई अदालतमा उपस्थित गराइयो

हिमाल प्रेस १९ जेठ २०८३ १३:१९ | Tuesday, June 2, 2026
10
SHARES
वीरगन्जका मेयर सिंहलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ- पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई अदालतमा उपस्थित गराइएको छ। सिंहको मुद्दा मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ। स्रेस्तादार प्रभाकर मल्लिकका अनुसार अब उक्त मुद्दामा बयान लिने र थुनछेक बहस हुनेछ। बहसपछि अदालतले मेयर सिंहलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

सिंहलाई मंगलबार बिहान ६ बजे पर्साको ठोरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए। पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधार जेठ ८ मा उनीसहित तीन जनाविरुद्ध विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। मेयर सिंह ९ गते आफैँ अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पेशी चढ्न सकेको थिएन।

प्रकाशित: १९ जेठ २०८३ १३:१९ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast