भूमिहीनलाई वीरगन्ज महानगरपालिकाको सूचनास् ३० दिनभित्र सम्पर्कमा आउनू

हिमाल प्रेस १२ वैशाख २०८३ ६:३१ | Saturday, April 25, 2026
2
SHARE
भूमिहीनलाई वीरगन्ज महानगरपालिकाको सूचनास् ३० दिनभित्र सम्पर्कमा आउनू

काठमाडौँ- वीरगन्ज महानगरपालिकाले यहाँको मूल सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन हुन पुगेका र मुलुकका अन्य भूभागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।

डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो।

वीरगन्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले शुक्रबार सार्वजनिक सूचना जारी गरेर सडक विस्तारबाट भूमीहीन बन्नेले ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउनको लागि आह्वान गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा विहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत सङ्कलन प्रक्रिया सुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकामा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्ण रूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्किएका घरटहरामा व्यापार नगर्न प्रशासनको अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले केही घरधनीले भत्किएको जोखिमपूर्ण घरटहरामा केही व्यक्तिलाई व्यापार,व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने हुँदा त्यस्तो जोखिमपूर्ण संरचनामा व्यापार तथा व्यवसाय नगर्न अनुरोध गरेका छन्।

 

प्रकाशित: १२ वैशाख २०८३ ६:३१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast