प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌मा आउन रोक लगाउन माग

हिमाल प्रेस २५ साउन २०८३ १४:३४ | Monday, August 10, 2026
18
SHARES
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌मा आउन रोक लगाउन माग

काठमाडौँ- नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई टि-सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन रुलिङको माग गरेका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न आग्रह गरे।

उनले सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे।

‘सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा रबिरि बैद्धिति नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले भने। सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र नआउन भनेका हुन्।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र प्रवेश गर्न रोक लगाइयोस्। संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि-सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस्,’उनले भने,‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु।’

प्रकाशित: २५ साउन २०८३ १४:३४ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast