झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

हिमाल प्रेस २५ साउन २०८३ ११:०८ | Monday, August 10, 2026
8
SHARES
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र फाइल तस्बिर

भद्रपुर- जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापामा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ।

कार्यालयका अनुसार सो अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर सडक मर्मतसम्भार गरिएको छ।

कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आर्थिक वर्षमा छ वटा झोलुङ्गे पुल, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन र पूर्वाधार निर्माण भएका छन्।

गत आर्थिक वर्षका लागि रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको महतोले बताए।

प्रकाशित: २५ साउन २०८३ ११:०८ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast