काठमाडौँ- उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन्।
८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन्। राईले ८०७० मत प्राप्त गरेको छन्। १९ हजार १५ मत खसेको थियो।
निर्वाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ।
प्रकाशित: ७ मंसिर २०७९ १३:०४ | Wednesday, November 23, 2022
प्रतिक्रिया




