अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अभावको समस्या तत्कालै समाधान हुन्छ : एलपी ग्यास उद्योग संघ

हिमाल प्रेस २४ साउन २०८३ १५:५५ | Sunday, August 9, 2026
2
SHARE
अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अभावको समस्या तत्कालै समाधान हुन्छ : एलपी ग्यास उद्योग संघ

काठमाडौँ- नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अतिरिक्त ग्यास खरिद नगर्न अनुरोध गरेको छ। अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्ति जारी गर्दै अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने बताए।

‘ग्यास अभाव हुने आशंकामा उपभोक्तामा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधूप गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ,‘तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ।’

आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव हुने सम्भावना नै नरहेको चन्दको भनाइ छ।

नेपाल आयल निगमको विशेष पहलमा भारतको विभिन्न रिफाइनरीबाट सहजै हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको संघले जनाएको छ।

त्यसैगरी सहज रूपमा हाल एलपी ग्यासको आयातसँगै ग्यास उद्योगहरुबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेको संघको भनाइ छ।

‘यस संघ विक्रेतालाई घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकता राखी ग्यास बिक्री वितरण गर्न अनुरोध गर्दछ’, संघको भनाइ छ।

प्रकाशित: २४ साउन २०८३ १५:५५ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast