आठ राजनीतिक दलबीच ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, यस्तो छ उद्देश्य

हिमाल प्रेस २३ साउन २०८३ १४:४६ | Saturday, August 8, 2026
16
SHARES
आठ राजनीतिक दलबीच ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, यस्तो छ उद्देश्य

काठमाडौँ- मधेश केन्द्रितसहित आठ राजनीतिक दलको ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रम काठमाडौँमा सुरू भएको छ।

जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रियबीचको ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रम सुरू भएको हो।

‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा दलहरूबीच मोर्चाबन्दीको उद्देश्यसहित अवधारणा पत्र सार्वजनिक गरिएको छ।

अग्रगामी मोर्चा लोकतन्त्र, समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशीता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र समृद्धिका साथै सामाजिक आर्थिक रुपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चा रहेको अवधारणा पत्रमा जनाइएको छ।

२८ बुँदे अवधारणा पत्रमा शोषित, उत्पीडित तथा बहिष्करणमा परेका/पारिएका सीमान्तकृत समुदायहरूलाई एकताबद्ध गरी राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका साथै राष्ट्रिय/लैङ्गिक तथा वर्गीय मुक्तिका लागि निरन्तर संघर्षत रहन ‘अग्रगामी’ मोर्चा गठन गर्नुको उद्देश्य रहेको उल्लेख छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारतः संस्थागत गरी विकास गर्ने उल्लेख गर्दै अवधारणा पत्रमा स्वतन्त्र, समानता, सामाजिक न्याय र मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने मोर्चाको उद्देश्य रहेको जनाइएको छ।

प्रकाशित: २३ साउन २०८३ १४:४६ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast