महेन्द्रनगर- भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो ।
सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । रासस
प्रकाशित: २३ साउन २०८३ ८:२४ | Saturday, August 8, 2026
प्रतिक्रिया


