रुसले गर्‍यो युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण

हिमाल प्रेस २० साउन २०८३ १२:११ | Wednesday, August 5, 2026
रुसले गर्‍यो युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण फाइल तस्बिर

रुसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणबाट दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन्।

किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो।

युक्रेनको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेंकोले भने,‘सत्रुले एकपटक फेरि किएभमा व्यापक आक्रमण गरिरहेको छ।’

मंगलबार अबेर राति भएको आक्रमणका दौरान घण्टौसम्म साइरन बजेको थियो। सहरभित्र र बाहिरी क्षेत्रमा कयौं मिसाइल खसालिइएको बताइएको छ।

युक्रेनको सेनाले आम नागरिक र आवासिय क्षेत्रलाई रुसी सेनाले निशाना बनाएको आरोप लगाएको छ।

प्रकाशित: २० साउन २०८३ १२:११ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast