काठमाडौँ- आगामी महाधिवेशनमा जुटेकोराष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपाको बैठक आज अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो ।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसकै तयारी स्वरूप आज कार्यसम्पादन समिति बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित: २० साउन २०८३ १०:२९ | Wednesday, August 5, 2026
प्रतिक्रिया


