काठमाडौँ- फिल्म ‘रोल नं. १’ ले दुई महिनामा १ करोड ७८ लाख ६२ हजार ६९८ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी यस्तो देखिएको हो।
करिब २ महिना अगाडि अर्थात जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म थोरै हलमा अहिले पनि प्रदर्शनरत छ। फिल्मलाई यो अवधिमा ७१ हजार ५२८ जनाले हेरेका छन् ।जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारीको अभिनय छ। विनोद पौडेल र जान्वी पौडेलले फिल्म निर्माण गरेका हुन्।
प्रकाशित: १९ साउन २०८३ १२:११ | Tuesday, August 4, 2026
प्रतिक्रिया


