पक्राउ परेको २४ घण्टा नहुँदै दुर्गा प्रसाई छुटे

हिमाल प्रेस १९ साउन २०८३ ६:३० | Tuesday, August 4, 2026
8
SHARES
पक्राउ परेको २४ घण्टा नहुँदै दुर्गा प्रसाई छुटे

काठमाडौँ- सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन्।

प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो। तर अदालतले थप अनुसन्धानका लागि म्याद नदिएपछि उनलाई रिहा गरिएको जनाइएको छ।

यस घटनाबारे थप कानुनी प्रक्रिया र अनुसन्धान सम्बन्धमा सम्बन्धित निकायले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ।

प्रकाशित: १९ साउन २०८३ ६:३० | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast