काठमाडौँ- सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले अग्रता कायमै राखेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार मेन्याङ्बोले ३ हजार १७५ मत ल्याएका छन्।
नेकपा एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका अशोककुमार राईले २ हजार ७६४ मत पाएका छन्। मेन्याङ्बो ४११ मतले राईभन्दा अगाडि छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ २ हजार ४२८ मतसहित तेस्रो स्थानमा रहेकी छन्। राप्रपाका अशोक राई (अविरल)को १ हजार ५९४ र स्वतन्त्र उमेदवार मनोज मेन्याङ्बोको १ हजार ३९६ मत रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कूल १५ हजार २०५ मतगणना सकिएको छ। हालसम्म १ हजार १५८ मत बदर भएको छ।
प्रकाशित: ७ मंसिर २०७९ १२:२८
प्रतिक्रिया