ट्रम्पद्वारा इरानसँग नयाँ वार्ताको घोषणा

हिमाल प्रेस १८ साउन २०८३ ८:४४ | Monday, August 3, 2026
6
SHARES
ट्रम्पद्वारा इरानसँग नयाँ वार्ताको घोषणा डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार दिउँसोदेखि इरानसँग वार्ता सुरु हुने घोषणा गरेका छन्। साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोजेको हो।

जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिए। उनले भने, ‘अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमवार दिउँसोबाट शुरु हुनेछ । हर्मज जलसन्धि र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ।’

राष्ट्रपति ट्रम्पले इरान स्वयंले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दाबी गरे। उनले थने, ‘हामीले जुनसुकै बेला सैन्य कारबाही गर्न सक्थ्यौँ, तर तीन प्रमुख मुलुक र इरानको समेत आग्रहलाई ध्यानमा राखेर हामीले वार्तालाई प्राथमिकता दिएका हौँ ।’ यसअघि शनिवार साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरे।

सो क्रममा उनले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गर्दै यसबारे स्पष्टता माग गर्नुभएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । इरान र अमेरिकाबीच बढ्दो तनावलाई दृष्टिगत गर्दै पाकिस्तान, कतार, युएई, टर्की लगायतका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न अपिल गर्दै आएका छन्।

प्रकाशित: १८ साउन २०८३ ८:४४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast