पाकिस्तानमा विस्फोट, सात जनाको मृत्यु

हिमाल प्रेस १७ साउन २०८३ २१:५५ | Sunday, August 2, 2026
14
SHARES
पाकिस्तानमा विस्फोट, सात जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएका छन्।

स्वात जिल्लाको काबल सहरमा आयोजना गरिएको शान्ति र्‍यालीमा विस्फोट भएको हो।

प्रारम्भीक जानकारी अनुसार विस्फोटलाई आत्मघाती भनिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन।

र्‍याली स्वात अमन जिरगा नामक स्थानीय आदिवासी परिषद्ले आयोजना गरेको बताइएको छ।

पछिल्लो केही समययता यो क्षेत्रमा सुरक्षा व्यवस्था खस्किएपछि स्थानीयले शान्ति र्‍याली आयोजना गरेको बताइएको छ।

प्रकाशित: १७ साउन २०८३ २१:५५ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast