ग्याँस नपाए निगमको हटलाइन सम्पर्क गर्न आग्रह

हिमाल प्रेस १६ साउन २०८३ १३:४९ | Saturday, August 1, 2026
18
SHARES
ग्याँस नपाए निगमको हटलाइन सम्पर्क गर्न आग्रह

काठमाडौँ– नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ । बजारमा ग्याँसको अभाव रहेको भन्दै गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो ।

निगमले बजारमा एलपी ग्याँसको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ । तर, उपभोक्ताले सहज रूपमा ग्याँस नपाएको अवस्थामा निगमको हटलाइनमा खबर गरेर सहजीकरण गर्न सकिने जनाइएको छ ।

यसैबिच, काठमाडौँ उपत्यकामा ग्याँसको माग र आपूर्तिलाई थप सहज बनाउन निगमले आफ्नो टेकुस्थित कार्यालयबाट समेत बिहान ११ः ०० देखि बेलुका ५ः ०० बजेसम्म उद्योगहरू मार्फत सोझै ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

टेकु कार्यालयबाट नेपाल ग्याँस, एचपी ग्याँस, एभरेस्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँस बिक्री वितरण हुनेछ । साथै निगमले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र ग्याँस खरिद गर्नसमेत पुनः आग्रह गरेको छ ।

प्रकाशित: १६ साउन २०८३ १३:४९ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast