तनाव अन्त्य गर्न देउवाको अपिल

हिमाल प्रेस १४ साउन २०८३ २१:१८ | Thursday, July 30, 2026
10
SHARES
तनाव अन्त्य गर्न देउवाको अपिल

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएको तनावग्रस्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जारी सन्देशमा देउवाले नेपाली समाजको पहिचान आपसी सहअस्तित्व, सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै सबै दाजुभाइ तथा दिदीबहिनीलाई संयमता अपनाई शान्ति, एकता र सहकार्यको आदर्शलाई अनुसरण गर्न आग्रह गरेका हुन्।

देउवाले हालैका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

उनले हिंसा थप फैलिन नदिन सरकारलाई सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल गर्न तथा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका घटनापछि उत्पन्न तनावलाई संवाद, सहकार्य र सामाजिक सद्भावमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै देउवाले सबै पक्षलाई जिम्मेवार र संयमित बन्न पनि अनुरोध गरेका छन्।

प्रकाशित: १४ साउन २०८३ २१:१८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast