सरकारलाई प्रचण्डको प्रश्न- संविधान पुनर्लेखन नै गर्न खोजिएको त होइन?

हिमाल प्रेस १४ साउन २०८३ १३:४५ | Thursday, July 30, 2026
8
SHARES
सरकारलाई प्रचण्डको प्रश्न- संविधान पुनर्लेखन नै गर्न खोजिएको त होइन?

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले अघि बढाइरहेको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधनको उद्देश्य र प्रक्रियाबारे सरकार प्रस्ट हुनुपर्ने बताए।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो काम सम्पन्न गरिसकेको छ।

कार्यदलमा रहेका अन्य दलका प्रतिनिधिहरू भने अन्तिम चरणमा बाहिरिएको पृष्ठभूमिमा प्रचण्डले सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।

‘यो संविधान जो हजारौंको बलिदानबाट, धेरै ठूलो त्याग र तपस्याबाट तथा लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन नै गर्न खोजिएको त होइन?’ भन्दै उनले प्रश्न गरे।

उनले थपे, ‘या संविधानलाई कुनै न कुनै रूपमा अझ कमजोर पार्ने उद्देश्यबाट अगाडि बढिएको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ।’

प्रकाशित: १४ साउन २०८३ १३:४५ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast