काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ।
सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बिहीबार साँझ डा.भट्टराईलाई अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उपचारका लागि काठमाडौँस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा.भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या बिनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको छ। आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्टहरू सामान्य रहेको सचिवालयले जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १३ साउन २०८३ १०:२५ | Wednesday, July 29, 2026
प्रतिक्रिया


