काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न अपिल गरेका छन्।
आज बिहान सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उनले सुनसरी घटनाका सन्दर्भमा आफ्नो विचार राख्दै यो राजनीतिक तिक्तता बढाउने समय नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको बताए।
‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो। सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ। यही नै अहिलेको राष्ट्रिय आवश्यकता हो’, उनले भने।
प्रकाशित: १३ साउन २०८३ १०:०४ | Wednesday, July 29, 2026
प्रतिक्रिया


