गण्डकीका ११ हजार बढी दूध उत्पादक किसानलाई पाँच करोड बढी अनुदान

हिमाल प्रेस ११ साउन २०८३ १३:०८ | Monday, July 27, 2026
14
SHARES
गण्डकीका ११ हजार बढी दूध उत्पादक किसानलाई पाँच करोड बढी अनुदान

कास्की- आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन्।

गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रूपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।

मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा.शोभा शर्माले जानकारी दिइन्।

उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताइन्।

हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्।

एउटा सहकारीलाई बढीमा रु १७ लाख ५० हजारसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा.शर्माले बताइन्।

‘किसानलाई प्रतिलिटर दूधमा रु पाँचका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ, कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ,’ उनले भनिन्।

सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी ९६ प्रतिशत किसानलाई वितरण गरिएको छ।

प्रकाशित: ११ साउन २०८३ १३:०८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast