काठमाडौँ– नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको छ ।
नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै मिति २०८३ साल श्रावण ५ गतेको निर्णयअनुसार राष्ट्रिय परिषद्, प्रदेश परिषद् र स्थानीय परिषद्का साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ ।
नेपाल स्काउटको संरचनालाई नयाँ ढङ्गले अगाडि बढाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको बुझिएको छ ।
प्रकाशित: ९ साउन २०८३ ७:३५ | Saturday, July 25, 2026
प्रतिक्रिया


