शिक्षामन्त्री पोखरेलविरुद्ध कीर्तिपुरमा नाराबाजी, ‘नेपो बेबी’ भन्दै युवाको प्रदर्शन

हिमाल प्रेस ७ साउन २०८३ १४:११ | Thursday, July 23, 2026
30
SHARES
शिक्षामन्त्री पोखरेलविरुद्ध कीर्तिपुरमा नाराबाजी, ‘नेपो बेबी’ भन्दै युवाको प्रदर्शन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध युवाले प्रदर्शन गरेका छन्।

समारोहस्थल बाहिर भेला भएका प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी (योग्यताका आधारमा नियुक्ति र अवसर) लागू गर्नुपर्ने, राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने तथा विश्वविद्यालयको नेतृत्व संरचनामा सुधार गर्नुपर्ने माग अघि सारे।

उनीहरूको मुख्य माग विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने वर्तमान व्यवस्था खारेज गरी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु रहेको छ।

प्रदर्शनका कारण केहीबेर समारोहस्थल आसपासको वातावरण तनावग्रस्त बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast