एआईको बढ्दो प्रयोग, शिक्षकको रूपान्तरणबाहेक अर्को विकल्प छैन : शिक्षाविद् कोइराला

हिमाल प्रेस ७ साउन २०८३ १०:२६ | Thursday, July 23, 2026
52
SHARES
एआईको बढ्दो प्रयोग, शिक्षकको रूपान्तरणबाहेक अर्को विकल्प छैन : शिक्षाविद् कोइराला

काठमाडौँ- शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै शिक्षण प्रणाली र शिक्षकको भूमिकामा गम्भीर रूपान्तरण आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षकले आफूलाई समयअनुकूल परिवर्तन गर्न नसके शिक्षा क्षेत्र थप जटिल बन्दै जाने धारणा व्यक्त गरे।

उनले भने,‘शिक्षकले पनि एआईलाई सोधेको हो मैले पनि एआईलाई सोधेर उत्तर लेखेँ भन्न थाले विद्यार्थीले। दुबै एआईका विद्यार्थी हुन भन्छु म। बर्बाद भइसक्यो। के गर्नुपर्यो भने एआईले भनेको के, विद्यार्थीले भनेको के? तिम्रो बुबाआमाले भनेको के, तिम्रो शास्त्रले भनेको के? तिम्रो अभ्यासमा के? यी सबै जोडेर तिम्रो आफ्नो बुद्धिचाहिँ के हो भन्ने हिसाबले शिक्षकलाई जुन दिन रूपान्तरण गर्न सक्छौं त्यो दिन रूपान्तरणको कुरा गर्नुहोला होइन भने रूपान्तरणको कुरा नगर्नुहोला। शिक्षकको रूपान्तरणबाहेक अर्को विकल्प छैन।”

उनले एआईबाट प्राप्त जानकारीलाई जस्ताको तस्तै स्वीकार गर्नुको सट्टा विद्यार्थीको आफ्नै सोच, पारिवारिक संस्कार, शास्त्रीय ज्ञान र व्यवहारिक अनुभवलाई समेटेर मौलिक विचार विकास गराउनु नै शिक्षाको मूल उद्देश्य हुनुपर्नेमा जोड दिए।

कोइरालाले शिक्षक स्वयं समयअनुकूल परिवर्तन हुन सके मात्र विद्यार्थीमा सिर्जनात्मक सोच, विवेकपूर्ण निर्णय क्षमता र मौलिकताको विकास सम्भव हुने उल्लेख गरे।

प्रकाशित: ७ साउन २०८३ १०:२६ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast