१४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न प्रदान

हिमाल प्रेस २२ माघ २०७९ १६:२१ | Sunday, February 5, 2023
१४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न प्रदान

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो।

विभागले चालु आवमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो। चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको संख्या बढेको विभागले जनाएको छ।

सिमेन्ट, छड, एलपीजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिह्न अनिवार्य गरेको छ। विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्सटाइल प्रयोगशाला छन्।

प्रकाशित: २२ माघ २०७९ १६:२१ | Sunday, February 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast