दुई थान चोरीको स्कुटरसहित एक पक्राउ

हिमाल प्रेस ३२ असार २०८३ ७:२७ | Thursday, July 16, 2026
14
SHARES
दुई थान चोरीको स्कुटरसहित एक पक्राउ

काठमाडौँ– दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ तामाङको साथबाट प्रदेश ३–०२–०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा।प्र–०२–०४३ प ८५४२ नम्बरको होण्डा डिओ स्कुटर बरामद गरेको जानकारी दिए । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३२ असार २०८३ ७:२७ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast