सरकार सस्तो लोकप्रियता गतिविधिमा केन्द्रित भयो : शाही

हिमाल प्रेस ३१ असार २०८३ १४:४१ | Wednesday, July 15, 2026
12
SHARES
सरकार सस्तो लोकप्रियता गतिविधिमा केन्द्रित भयो : शाही

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सरकार जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका हुन्।

उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखे। उनले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई विकास नभइ बर्बादीतर्फ लैजाने बताए।

सांसद शाहीले प्रतिपक्षले उठाएका विषयहरूलाई आलोचना रुपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जवाफ दिनुपर्ने उल्लेख गरे।

सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ।

प्रकाशित: ३१ असार २०८३ १४:४१ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast