अस्ट्रेलियाले एआई नियमन गर्ने कानुन बनाउने

हिमाल प्रेस ३१ असार २०८३ १३:०५ | Wednesday, July 15, 2026
12
SHARES
अस्ट्रेलियाले एआई नियमन गर्ने कानुन बनाउने

सिड्नी- अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न कानुन बनाउने भएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बनिजले सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन्।

एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाइएको छ।

अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उनले तर अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाइएको छ।

अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो।

यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्।

कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, संगीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउदै यस्ता कार्यहरू गौर कानुनी भएको उनले बताएका छन्।

प्रकाशित: ३१ असार २०८३ १३:०५ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast