सिंहदरबारभित्रैबाट सरकारको विरोध, कर्मचारी निरन्तर प्रदर्शनमा

हिमाल प्रेस ३१ असार २०८३ १२:४७ | Wednesday, July 15, 2026
12
SHARES
सिंहदरबारभित्रैबाट सरकारको विरोध, कर्मचारी निरन्तर प्रदर्शनमा

काठमाडौँ- सरकारले श्रेणीविहीन सहयोगी कर्मचारीलाई करारमा राख्ने हालको व्यवस्थामा परिवर्तन गर्ने तयारी थालेपछि त्यसको विरोधमा करारमा कार्यरत कर्मचारीहरूले बुधबार पनि सिंहदरबार परिसरभित्र प्रदर्शन गरेका छन्।

सरकारको प्रस्तावित व्यवस्थाले आफूहरूको रोजगारी असुरक्षित हुने र लामो समयदेखि काम गर्दै आएका कर्मचारीको भविष्य अन्योलमा पर्ने भन्दै उनीहरूले विरोध जनाएका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने, विद्यमान व्यवस्था हटाउँदा त्यसको प्रत्यक्ष असर हजारौं कर्मचारीमा पर्ने र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सरकारले एकपक्षीय रूपमा निर्णय अघि बढाउन खोजेको आरोपसमेत लगाएका छन्।

सिंहदरबार परिसरभित्रै भएको प्रदर्शनका क्रममा कर्मचारीहरूले नाराबाजी गर्दै प्रस्तावित व्यवस्था फिर्ता लिन र सरोकारवालासँग पर्याप्त छलफलपछि मात्रै निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले भने सार्वजनिक प्रशासनलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कर्मचारी व्यवस्थापनको ढाँचामा सुधार गर्ने तयारी गरिरहेको जनाएको छ।

करार कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

प्रकाशित: ३१ असार २०८३ १२:४७ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast