काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार ४ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: ३१ असार २०८३ ११:२४ | Wednesday, July 15, 2026
प्रतिक्रिया



