एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की

हिमाल प्रेस ३० असार २०८३ १५:४६ | Tuesday, July 14, 2026
16
SHARES
एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की

काठमाडौँ- नेकपा एमालेका सांसद ऐन महरले आफूलाई गोली हान्ने धम्की आएको बताएका छन्। महरले मंगलबार सामाजिक सञ्जालमार्फत धम्की आएको सार्वजनिक गर्दै यसबारे संघीय संसद्लाई समेत जानकारी गराइसकेको जनाएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘गोली हान्ने धम्की आएको छ। यस्ता धम्कीले लोकतन्त्र, राष्ट्रियता र कानुनी राज्यमाथिको विश्वासमा कमी आउँदैन। जनताको आवाज बोल्न र प्रश्न गर्न रोक्न सक्दैन। जबसम्म एक थोपा रगत र एक मुठी श्वास रहन्छ, मेरा प्रश्न जारी रहनेछन्।’

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नाम उल्लेख गर्दै के वालेन्द्र शाहको शासनमा प्रश्नमाथि साँच्चिकै प्रतिबन्ध लागेकै हो र? भन्ने प्रश्न पनि गरेका छन्।

महरले आफूलाई आएको गोली हान्ने धम्कीबारे संसद्लाई औपचारिक रूपमा जानकारी गराइसकेको बताए। ‘गोली हान्ने धम्की आएको छ र उक्त कुरा सदनलाई जानकारी गराएको छु। यस्ता कायरताबाट म थप सशक्त र ऊर्जाशील बनेको छु। मेरा प्रश्न रोकिने छैनन्,’ उनले भनेका छन्।

सांसद महरले पछिल्लो समय सरकारका गतिविधिप्रति निरन्तर आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका छन्।

प्रकाशित: ३० असार २०८३ १५:४६ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast