फिफा विश्वकप ट्रफीको रोचक तथ्य

हिमाल प्रेस ३० असार २०८३ १५:३३ | Tuesday, July 14, 2026
6
SHARES
फिफा विश्वकप ट्रफीको रोचक तथ्य

विश्वकप जितेपछि टिम कप्तानले सुनौलो ट्रफी आकाशतिर उचालेर खुसी साटेको दृश्य फुटबल इतिहासकै सबैभन्दा प्रतिष्ठित क्षणमध्ये एक मानिन्छ। तर धेरै समर्थकलाई थाहा नहुन सक्छ विजेता टोलीले उचाल्ने त्यो प्रसिद्ध ट्रफी वास्तवमा स्थायी रूपमा आफ्नो हुँदैन। फिफाले सार्वजनिक गरेका विवरणअनुसार विश्वकप ट्रफीसँग जोडिएका केही रोचक तथ्यले यसको महत्त्वलाई अझ विशेष बनाउँछन्।

६.१४२ केजी तौल, ५.०९२ केजी शुद्ध सुन

फिफा विश्वकप ट्रफीको कुल तौल ६.१४२ केजी छ। त्यसमध्ये ५.०९२ केजी शुद्ध सुन प्रयोग गरिएको छ। आकारमा धेरै ठूलो नदेखिए पनि ट्रफी उचाल्दा खेलाडीले ६ केजीभन्दा बढी तौल बोकेका हुन्छन्।

हालको ट्रफी १९७४ देखि प्रयोगमा

हाल प्रयोग भइरहेको विश्वकप ट्रफी पहिलो पटक सन् १९७४ मा सार्वजनिक गरिएको थियो। यसअघि प्रयोग हुने ‘जुल्स रिमे ट्रफी’ ब्राजिलले सन् १९७० मा तेस्रो पटक विश्वकप जितेपछि स्थायी रूपमा आफ्नो बनाएपछि फिफाले नयाँ डिजाइनको ट्रफी तयार गरेको हो।

मूल ट्रफी ज्युरिखमै सुरक्षित राखिन्छ

विश्वकप जित्ने राष्ट्रले मूल ट्रफी स्थायी रूपमा घर लैजान पाउँदैन। आधिकारिक फिफा विश्वकप ट्रफी स्विट्जरल्यान्डको ज्युरिखस्थित फिफा संग्रहालयमा सुरक्षित राखिन्छ। प्रतियोगिताका क्रममा मात्र यसलाई बाहिर ल्याइन्छ।

विजेता टोलीले पाउने ट्रफी छुट्टै हुन्छ

विश्वकप विजेता राष्ट्रलाई सम्झनाका रूपमा विशेष ‘विजेता ट्रफी’ प्रदान गरिन्छ। उनीहरूले उत्सवका क्रममा उचाले पनि मूल ट्रफी भने फिफाकै स्वामित्वमा रहने भएकाले स्थायी रूपमा साथ लैजान पाउँदैनन्।

हरेक विश्वकपपछि नयाँ डिस्क थपिन्छ

हरेक विश्वकप सम्पन्न भएपछि ट्रफीको आधारभागमा नयाँ डिस्क जडान गरिन्छ। त्यसमा नयाँ विश्वविजेता राष्ट्रको नाम कुँदिन्छ। यसरी विश्व फुटबलको इतिहास ट्रफीमै क्रमशः अभिलेख हुँदै जान्छ।

प्रकाशित: ३० असार २०८३ १५:३३ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast