आत्मदाहको प्रयासपछि निधन भएका मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने गगनको घोषणा

हिमाल प्रेस ३० असार २०८३ १३:१९ | Tuesday, July 14, 2026
12
SHARES
आत्मदाहको प्रयासपछि निधन भएका मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने गगनको घोषणा नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवेकका सन्तानको शिक्षादीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई गराइसकेको जनाएका छन् । मण्डलको उपचारका क्रममा मंगलबारै बिहान २ बजेर ४० मिनेटमा कीर्तिपुन बर्न अस्पतालमा निधन भएको हो ।

सभापति थापाले विवेकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । गएको बिहीबार दिउँसो विवेक घरबाट निस्किएर सडकमा पुगेपछि आत्मदाहको प्रयास गरेका थिए ।

 

प्रकाशित: ३० असार २०८३ १३:१९ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast